धरान । व्यवसायी अजयराज सुमार्गीले मुक्तिश्री सिमेन्ट इण्डष्ट्रिज प्रालिमा अवैध लगानी गरिएको भन्ने विषयमा सर्वोच्च अदालतले बिहीबार फैसला सुनाउँदै छ ।
आज अदालतले प्रालिका तर्फबाट लोकबहादुर अधिकारीले नेपाल राष्ट्र बैंकलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले फैसला गर्न लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश बमकुमार श्रेष्ठको चैत ४ गतेको संयुक्त इजलाशले चैत २८ का लागि फैसला सुनाउने मिति तय गरेको थियो । व्यवसायी सुमार्गीको अवैध भनिएको रकमबारे फैसला हुँदै छ ।