बारा / प्रदेश २ का जिल्लामा फेरी मंगलबार बिहान असिना पानीसहित आएको हुरीले क्षति गरेको छ ।  एक साताअघि आँधीबाट प्रभावित बस्तीमा असिना, पानी र हुरीले झन क्षति रौतहटमा आएको हावाहुरीबाट एक जनाको मृत्यु नै भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा देवाही गोनाही नगरपालिका–३ देवाहिटोलका ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बारा, पर्सा। रौतहटमा हुरीले केही स्थानमा घरका छाना उडाएको छ। केही ठाउँमा बिजुलीका पोल ढलेका छन्। हुरी पीडितहरुको त्रिपालसमेत उडाएको छ ।  हुरीले एसइई परीक्षार्थी प्रभावित भएका छन्। असिना–पानीसहित आधा घण्टासम्म आएको हावाहुरीले बाराको उत्तरी भेगका निजगढ नगरपालिका, सिमरा उपमहानगरपालिका क्षेत्रमा बढी प्रभाव परेको बताइएको छ ।

एक सातादेखि देशका अधिकांश भूभागमा जारी वर्षा अझै केही दिन यथावत रहने तथा  पूर्वी तथा मध्य तराईमा भने आँधीहुरी चल्ने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको थियाे ।  महाशाखाले मंगलबार ३ दिने बुलेटिन सार्वजनिक गर्दै देशका अधिकांश भागमा वर्षा तथा हावाहुरी चल्ने प्रक्षेपण गरेको थियाे ।