बीबीसी/ मिस नेपालमा भाग लिन आएकी एक किशोरीप्रति निर्णायक मण्डलकी एक सदस्यले गरेको व्यवहार प्रति सामाजिक सञ्जालमा तीव्र रोष प्रकट भइरहेका बेला पूर्व मिस नेपाल र उक्त प्रतियोगिताका सहभागिहरुको मत भने फरक पाइएको छ।
केहि पूर्व मिस नेपालहरुले सोन्दर्य प्रतिगोगितामा सहभागि किशोरीहरुलाई आधारभूत कुरा सिकाउनका लागि र उनीहरुलाई कडा प्रश्नको सामाना गर्न सिकाउनका लागि यस्तो व्यवहार आवश्यक रहेको तर्क गरेका छन्।
केहिले भने यस्ता सौन्दर्य प्रतियोगिताले किशोरीहरुको व्यक्तित्व वा बौद्धिक विकासमा भन्दा उनीहरुको सौन्दर्यमा मात्र केन्द्रित हुने गरेकाले तीनको औचित्य नरहेको भन्दै आलोचना गरेका छन्।
जसका कारण उक्त प्रतियोगिताको छनौट चरण देखिका सबै पक्षमा व्यापक वादविवाद हुन थालेको छ।
विवाद
'आज निर्णायक मण्डलले गरेको यस्तो प्रश्न प्रति टिप्पणी गर्ने जनतालेनै भोली मिस नेपालको लुगा, हाँसो, आदि विषयमा प्रश्न गर्न थाल्छन् । त्यसैले पेशा अनुसारको तयारी गर्नु वा गराउनु बेठिक होइन।'
राइले त उनको सामाजिक सञ्जालमा यस्ता सौन्दर्य प्रतियोगिता र त्यसका विजयीहरुलाई प्रेरणादायी व्यक्तिको रुपमा लिन नहुने भन्दै उनको सामाजिक सञ्जालमा लामो स्टेटस राखेकी छन्।
यस्ता सौन्दर्य प्रतियोगिता विगतमा पनि यस्ता प्रतियोगिताहरुले महिलाको शोषण गर्छन् भन्दै विभिन्न अधिकारकर्मीहरुले यसको विरोध गर्दथे।
यस्तो विरोध हुन छाडेको केहि समय नबित्तै मिस नेपाल प्रतियोगिता बारे यो पछिल्लो विवाद देखिएको हो।