पथरी/ आफ्नै दुई छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका ३९ वर्षीय जिते माझी (नाम परिवर्तन) लाई अदालतले जन्मकैद सजाय तोकेको छ ।

मोरङको कानेपोखरी–५ का माझीलाई आफ्नै १२ र १४ वर्षका छोरीहरूलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा असोज २० गते इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

उनलाई २५ वर्ष जन्मकैद र थप १६ वर्षसहित ४१ वर्ष जन्मकैद तोकेको हो । छोरीहरू मावली गएर घर फर्कन नमानेपछि सोधीखोजी गर्दा करणीको रहस्य खुलेको थियो । माझीले जबरजस्ती करणी गर्ने गरेको थाहा पाएपछि मावलीतर्फबाट प्रहरीमा उजुरी परेको थियो ।