धरान / इलाका प्रहरी कायाृलय धरानले २० केजी गाँजासहित पक्राउ परेका ४ जनालाई आज सार्वजनिक गरेको छ । गत चैत २३ गते धरान–१३ स्थित शिवधारा चेकपोइन्टबाट को१ह ६२५० नं. टेम्पो र त्यसलाई स्कटिङ गदैं आएको को९प ५७२५ नं. को मोटरसाइकलसमेत कारेावारीहरुलाई पक्राउ गरिएकाे थियाे ।  
प्याकिङ गरेर पहाडबाट गाँजा भारत लादैं गर्दा उनीहरु पक्राउ परेका हुन ।  पक्राउ पर्नेहरुमा धनकुटा छिन्ताङका विजय राई, सोही गाउँका मदन राई, पाख्रिवास बस्ने नरबहादुर राई र धरानबाट गाँजा खरिद गरेर जोगमनी लाने विराटनगर–१५ का सुरजकुमार साह रहेका छन् ।
सुरज गाँजा लयाउने एक जना साथी पक्राउ परेको र उसलाई उकास्न प्रहरीलाई घुस दिन ५० हजार लिएर आएका थिए । ५० हजारसहित साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सुरज उनीहरुले लिएका गाँजा किनेर भारतमा लगेर विक्रि गर्ने गरेको खुलेको इलाका प्रहरी कार्यलय धरानका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । हिजो उनीहरुलाई जिल्ला अदालत इनरुवामा ५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको उनल ेबताए ।