धनकुृटा । धनकुटा नगरपालिकामा एक युवाको हत्या भएको छ । धनकुटा नगरपालिका २ भीरगाउँ निवासी २७ वर्षीय मानबहादुर दर्लामीको हत्या भएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक सुरज खड्काका अनुसार २७ वर्षिया दर्लामी मगरको हत्या धनपा २ स्थित डिल्ली प्राविको छेउमा शनिबार ४.३० बजे भएको बताएका छन् ।

उनको हत्या शनिबार अपरान्ह भए पनि प्रहरीलाई खबर भने रातको ९ बजे मात्र आएको बताइएको छ । उनको हत्या भएको करिव ४/५ घण्टा पछि मात्र प्रहरीलाई खबर गरिनुले घट्ना स्थलमा प्रहरी आईतबार बिहान मात्र पुगेको खड्काले बताए ।

उनको अनुहार र शरिरका विभिन्न भागमा आक्रमण गरिएका घाउ र खत तथा शरिको विभिन्न भागमा डढेको देखापरेको प्रहरी निरीक्षक खड्काले बताएका छन । घटनाबारे दूई जनालाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेहरुमा वर्ष १९ का रवि दर्लामी मगर र बर्ष २५ का छवी राना मगर रहेका छन् ।

घटनाको बारेमा आवश्याक अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ । घट्नाको विवरण अनुसार मादक पदार्थ सेवनको गरी उनीहरु विच एक आपसमा झगडाको कारण मान वहादुरको हत्या भएको होकी भन्ने प्रहरीले अनुमान गरेको छ ।
प्रहरीले दर्लामीको मृत शरिर आईतबार जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टमको लागी ल्याउने तयारी गरिरहेको घट्ना स्थल पुगेका जिल्ला प्रहरी कार्यालय धनकुटाका इनेस्पेक्टर सुरज खड्काले टेलिफोन मार्फत ब्लाष्टलाई बताए ।