धरान / धरानका फिजिसियन डा.ज्ञानबहादुर श्रेष्ठको अाइतबार बिहान निधन भएको छ । उनी मुटुको विमारी थिए । उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
तीन वर्ष अगाडि मुटुमा पेस मेकर लगाएकाे बीपी प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख मुटुराेग विशेषज्ञ डा. संजीवकुमार शर्माले जानकारी दिए ।
उनको हिजो विहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । उनको प्याङक्रियाजमा क्यान्सर भएको प्रतिष्ठानका डा. प्रशान्त साहले जानकारी दिए । उनको आइसियुमा उपचार भइरहेको थियो । उनलाइ मुटुकाे समस्या भन्दा पनि क्यान्सरका कारण मृत्यु भएकाे डा. साहले बताए ।
धरान ७ स्थित घरमा नै डा.श्रेष्ठले क्लिनिक खोलेर बसेका थिए । उनले धरानमा लामो समयदेखि बिमारीको उपचार गर्दै आएका थिए । धरानमा सबै भन्दा बढी उनको क्लिनिकमा भीड हुने गरेको थियो । घरमै पनि गएर बिमारीको उपचार गरेर उनी लोकप्रिय भएका थिए । डा. श्रेष्ठको शनिबार बिहान करिब ८ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निधन भएको हाे । डा. श्रेष्ठको आजै अन्त्येष्टी गर्ने परिवारजनले जनाएका छन् ।
डा. श्रेष्ठका दुई छोराहरु छन् । एक छोरा डा. निकेश विराटनगरको न्यूरो हस्पिटलमा कार्यरत छन् । बुहारी डा. शैलजा हाल बीपी प्रतिष्ठानमा नै कार्यरत छिन् । अर्का छोरा अमेरिकामा रहेको उनको परिवारिक श्रोतले जनाएको छ । उनी धरानका पुराना चिकित्सक हुन् ।