मुम्बई /अभिनेता मिलिन्द सोमनले केहि समय अगाडि २५ वर्ष कान्छी प्रेमिकासँग विहे गरेका थिए । आफूभन्दा २५ वर्ष कान्छी युवतीसँग बिहे गरेपछि सोमन सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै भाइरल भए ।
बिहे भइसकेपछि यो जोडीले विभिन्न प्रकारका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् ।
उनले भर्खरै श्रीमती अंकिता कोंवरसँग रोमान्स गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । तस्बिरमा दुवै निकै बोल्ड देखिएका छन् ।