धरान । धनकुटा मारेक, दाङ्गपा र तेलुक घर भई विभिन्न ठाउँमा छरिएर रहेका माण्डप गोत्र राजभण्डारीको भेलाले हरिनारायण श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
शनिबार धरानको हरियाली पार्कमा सम्पन्न प्रदेश १ स्तरीय माण्डप गोत्र राजभण्डारी दाजुभाइको भेलाले समितिको उपाध्यक्षमा यज्ञराज श्रेष्ठ, सचिवमा प्रेमराज श्रेष्ठ, र कोषाध्यक्षमा सुरेश श्रेष्ठलाई चयन गरेको छ । यसैगरी सदस्यहरूमा रश्मि प्रधान, यकिन्द्र श्रेष्ठ, लालबहादुर श्रेष्ठ, गङ्गा श्रेष्ठ, वृषबहादुर श्रेष्ठ, ज्ञानकुमारी, रोहितकुमार श्रेष्ठ, कमला श्रेष्ठ, रमेशकुमार श्रेष्ठ रहेका छन् ।
समितिको सल्लाहकारहरूमा ललित श्रेष्ठ, अमृतकुमार श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, ज्ञानकुमार श्रेष्ठ, र कृष्णप्रसाद श्रेष्ठ रहेका छन् । आफ्नो संस्कृति र परम्परा जर्गेना गर्दै छरिएर रहेका दाजुभाइ भेला स्वरूप कार्यक्रम गरिएको सल्लाहकार ललित श्रेष्ठ जानकारी दिए । यसक्रममा आफ्ना पुर्खाहरूलाई स्मरण गरेको छ ।
भेलाको उद्घाटन माण्डप गोत्र राजभण्डारीका पुर्खा मदन श्रेष्ठले गरे । पुर्खा एउटै भए पनि विभिन्न क्षेत्रमा छरिएर रहेकाहरूबीच परिचय र ज्येष्ठ नागरिकलाई सम्मान समेत गरिएको सदस्य रश्मी प्रधानले जानकारी दिइन् ।