उदयपुर / उदयपुरको लालपत्ताबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।  त्रियुगा नगरपालिका–६ लालपत्ता चौकीको प्रहरी टोलीले लागुऔषध सहित दुईजनालाई पक्राउ गरेको हो ।
कदमाहाबाट गाईघाट तर्फ आउदै गरेको स ६ प ९३५५ नम्बरको मोटरसाईकलमा सवार त्रिनपा–१२ निबासी २३ वर्षीय विष्णु तामाङ्ग र १८ वर्षीय आषिश चौधरीलाई चेक जाँच गर्ने क्रममा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट नोर्फिन १५ थान, डाइजेल्याव १७ थान र फेनारगन एम्पुल १६ थान गरि ४८ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । लागुऔषध ओसार पसार गर्नमा प्रयोग गरिएको मोटरसाइकल र पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याई थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चन्द्र राईले जनाए ।