काठमाडौं । ठूलो परिमाणमा विदेशी मुद्रासहित प्रहरीले  एकै परिवारका ५ जनालाई  प्रहरीले  त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । 

 शुक्रबार दिउँसो १:४५ बजे   बैंकक जान लागेका उनिहरूकाे साथबाट ठूलो परिमाणको विदेशी मुद्रासहित नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।

थाई एयरको फलाइट नंं. टीजी ३२० मार्फत काठमाडौंबाट बैंककतर्फ जान लागेका उनीहरुमध्ये दुई जना नाबालक छन् । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ मित्रपार्क निवासी ४८ वर्षीय सुवास श्रेष्ठ, उनकी श्रीमती उमादेवी श्रेष्ठ, १७ र ४ वर्षका उनका २ छोरी र ११ वर्षका १ छोरा रहेका छन् । उनिहरूका साथबाट २१ हजार १ सय ५० थाइ भाट, १३८० यूरो, १० हजार यूएसडी र ८० हजार चाइनिज युआन फेला पारेको एक प्रस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले  जनाएकाे छ । पक्राउ परेका सुवास काठमाडौंस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका क्याफे सञ्चालक भएकाे बताइएकाे छ। 

उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरमा बुझाउने तयारी सुरक्षा कार्यालयले गरे पनि नाबालकको हकमा के गर्ने भन्ने कानूनी जटिलता उत्पन्न भएको प्रहरी स्रोतले जनाएको छ ।

press-release