धरान । अभिनेत्री नन्दिता केसीको पछिल्लो फिल्म ‘अमेरिकन बाबु मेड इन नेपाल’ सार्वजनिक गरिएको छ ।

अमेरिकामा निर्माण गरिएको यो फिल्म सिधै युट्युबमा रिलिज गरिएको हो । चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा वितरक तथा हलवालासँग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म युट्युब च्यानलमा रिलिज गरिएको निर्देशक ईश्वर थापाले जानकारी दिए ।

ड्रिम्स गेट नेपालको ब्यानरमा निर्माण गरिएको फिल्ममा बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अञ्जली लामा, प्रवेश उप्रेती पल, प्रियङ्का ऐर, रघु गिरी, जङ्गबु शेर्पा, सुरेन्द्र बास्तोलालगायतका कलाकारले अभिनय गरेका छन् ।