धरान / सुनसरीको भोक्राहा नसिंहगाउँपालिका–८ मा शुक्रबार प्रहरी र स्थानीय विचको झडपमा गोली चलेको छ । गोली चल्दा भोक्राहा प्रहरी चौकीका सईसहित दुईजना घाईते भएका छन् ।
स्थानीय र प्रहरीविचको विवादमा ठेलाठेल हुदा प्रहरी चौकी प्रमुख सई चन्द्रकुमार शाक्यको साथमा रहेको पेस्तोल भुईमा झरेको थियो । सोही क्रममा मोटरसाईकलमा आएको एक युवाले पेस्तोल टिपेर प्रहार गर्दा सई शाक्य र स्थानीय जियाबुल मन्सरीको हातमा लागेको थियो । मोटसरसाईकलामा आएका ती युवा मोटरसाइकल छाडेर भागेको बताइएको छ ।
स्थानिय खाद व्यापारी र भुटाह प्रहरी चौकीका सई चन्द्र कुमार शाक्य बिच विवाद हुदा शाक्यले बोकेको पेस्तोल खोसिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयलले जानकारी दिए ।
सादा पोषकमा रहेका प्रहरीले ती व्यापारीहरुलाई सोधखोज गरे पछि स्थानीयले प्रतिकार गरेका थिए । प्रहरी हौं भनेर सई शाक्यले पेस्तोल देखाउदा पनि उनीहरु आक्रमणमा उत्रिएको बताइएको छ । सई शाक्यले पेस्तोल खोजेर मोटरसाइकलमा आएको मन्सरीसँग आएका व्यक्तिले प्रहार गरेको दावी गरे । । तर घाइते मन्सरीले भने सई शाक्यलेले पेस्तोल प्रहार गरेको बताए । उनी फुटवल हेर्न गइरहेको बताएका छन् ।
उनीहरु दुवैको धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
स्थानीयले सई शाक्यले मापसे सेवन गरेको आरोप लगाएका छन् । मापासे गरेर पेस्तोल देखाउदै हिडेको उनीहरुको आरोप छ । वीपी प्रतिष्ठानमा उपचार गराइरहेका सई शाक्यलाई घट्नाबारे सोध्दा बोल्ल चाहेनन् ।