पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका स्वास्थ्य संस्थाहरुको सृदृढिकरण कार्यक्रम अन्तर्गत शुक्रबारबाट ‘स्वास्थ संस्थाजन्य फोहोरमैला व्यवस्थापन तथा संक्रमण रोकथाम सम्वन्धी स्वास्थ्यकर्मीलाई तालिम’ सुरु भएको छ ।
पथरीशनिश्चरे नगरपालिकाले आयोजना गरेको २ दिने तालिमको उद्घाटन् कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम र कोशी अञ्चल अस्पताल विराटनगरकी स्वास्थ्यकर्मी ममता श्रेष्ठले स्वास्थ्य संस्थाजन्य फोहोरको व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए । स्वास्थ्यकर्मी श्रेष्ठ र प्राथमिक स्वास्थ्य केन्द्र झोराहाटकी अञ्जु खनालले सहजिकरण गरेको तालिममा पथरीशनिश्चरे नगरका ३ वटा स्वास्थ्य चौकी, सहरी विकास केन्द्र सहितका स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।