पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे १ स्थित पथरी बजारको तेह्रथुम कार्की होटलमा काम गर्ने वहानामा एक व्यक्तिले गल्ला फुटाएर १ लाख ३३ हजार बढी रुकम चोरी गरेका छन् ।

आफु होटलमा काम गर्ने भन्दै आएका नाम, थर र ठेगाना खुल्न नसकेका करीव ३५ वर्षीय युवाले पैसा राखेको गल्ला फुटाएर त्यहाँ रहेको १ लाख ३३ हजार बढी रकम चोरी गरी फरार भएको होटल सञ्चालक पूर्ण कार्कीले बताए । चोरी गरेर फरार युवाको प्रहरीले खोजी गरिरहेको छ ।