काँकडभिट्टा/ नेपालको पूर्वी नाका काँकडभिट्टाबाट अवैध रूपमा भारतबाट नेपाल र नेपाल बाट भारततर्फ चोरी तस्करी वर्षेनी रूपमा बढ्दै गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ८ गुल्म तथा राजश्व भन्सार गस्ती सुरक्षा काँकडभिट्टाले चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा भन्सार छली तथा चोरी तस्करी गरी अवैध रूपमा नेपाल भिœयाएको र भारत तर्फ तस्करी गरेको तथ्याङ्क बढ्दै गएकोे छ । सो अवधिमा १ करोड ५७ लाख ५८ हजार ६ सय ३३ रुपैयाँ बराबरका विभिन्न सामान मेची भन्सार र राजश्व कार्यालय इटहरीलाई बझाएको छ ।

दैनिक रूपमा मेचीनगर क्षेत्रमा रहेको सिमानाबाट अवैध रूपमा चोरी तस्करी बढेको छ । किनभने आर्थिक वर्ष २०७४/७५ को साउन महिनादेखि चैत्रसम्मको सशस्त्र प्रहरी बलको तथ्याङ्कमा ८३ लाख ७६ हजार ५ सय १० रुपैयाँ बराबरको विभिन्न सामान मेची भन्सार कार्यालयमा दाखिला गरेको सशस्त्र प्रहरी निरीक्षक विश्वनाथ जिसीले बताए ।

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गुल्म तथा राजश्व भन्सार गस्ती सुरक्षा कार्यालयबाट खटिएको सशस्त्र प्रहरी टोलीले ७ लाख ६८ हजार ८ सय ५० रुपैयाँको सुख्खा सुपारी, १६ लाख २८ हजार ८ सय रुपैयाँ बराबरको कालो मरिच, हरियो मटर २ लाख ४० हजार ८० रुपैयाँको, ओरियन्स कम्पनीको औषधि ३ लाख ३५ हजार ७० रुपैयाँको, मोटरपार्ट्स १० लाख ९६ हजार ४ सय ३५ रुपैयाँ, कुखुराको मासु ५२ हजार ५ सय रुपैयाँ, किराना सामान २ लाख ८७ हजार ७० रुपैयाँ, विभिन्न किसिमका लत्ताकपडा ४२ लाख ५१ हजार १ सय ५५ रुपैयाँ, ट्रक, कार, मोटरसाइकल र रिक्सा ३६ लाख २२ हजार ५ सय रुपैयाँ, भारतीय रुपैयाँ १२ लाख ८० हजार, मोबाइल ४३ लाख २ हजार रुपैयाँ, ल्यापटप २५ लाख ३ हजार ४० रुपैयाँ, टाली ५ हजार रुपैयाँ, हार्डवेयर ४५ हजार १ सय रुपैयाँ, सुर्ती ६८ हजार ४ सय रुपैयाँ, जुत्ता–चप्पल ३२ हजार ७ सय ५० रुपैयाँ, बाख्रा १७ हजार रुपैयाँ, चिरान काठ २ लाख १० हजार रुपैयाँ, चाँदीका गरगहनाहरू ३६ लाख ४ हजार ८ सय ८३ रुपैयाँकोको सामान पक्राउ गरेर भन्सार दाखिला गरेको सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोइरलाले बताए ।