पाँचथर / आफ्नै बिद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पाँचथरमा एक शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हिलिहाङ गाउँपालिकास्थित एक विद्यालयमा कार्यरत शिक्षक उपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ । चौधरी सप्तरीको शम्भुनाथ गाउँपालिकाबासी हुन् । विज्ञान बिषय पढाउने चौधरीले कक्षा–८, मा अध्ययनरत एक १३ बर्षीया छात्रालाई एक्लै भएको मौका पारेर यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । बालिकाका अभिभावकका अनुसार चौधरीले परीक्षामा प्रथम बनाइ दिने प्रलोभन देखाएर यौन दुव्र्यवहार गरेको बताए । पक्राउ गरिएका शिक्षक चौधरी उपर थप अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता इन्स्पेक्टर अनिलकुमार पौडेलले जानकारी दिए ।