धरान / बच्चाहरुमा हुने मधुमेय रोग तथा अन्य बालरोगबारे निःशुल्क उपचारका लागि धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सको संयोजनमा धनुषाको हँसपुर कठपुल्लामा निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
हँसपुर नगरपालिकाको ५ नं. वडा कार्यालयको सहयोगमा स्वास्थ्यचौकी हँसपुर कठपुल्लामा बालबालिकाहरुको लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको बाल रोग विशेषज्ञ डा. अरुणकुमार सिँहले जानकारी दिए ।
शिविरमा स्वास्थ्य बाल रोग विशेषज्ञ डा. सिहं, चौकीका प्राविधिक तथा अन्य चिकित्सकहरुको सहभागीता रहने वडा अध्यक्ष उदय सिंहले जानकारी दिए ।