सिरहा/ सिरहा जिल्लामा एचआइभी सङ्क्रमित हालसम्म २० जना फेला परेका छन् ।
सिरहामा एचआइभीसम्बन्धी उपचारको लागि लहान अस्पतालमा उपचार लिइरहेका १४ पुरुष, ७ महिला, २ तेस्रो लिङ्गी र एक जना बालकले उपचार लिन छाडेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका स्वास्थ्य अधिकृत सरोज कर्ण बताए । सिरहाको लहानस्थित रहेको आरटी सेन्टरमा फागुन मसान्तसम्म पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी २, बालक १३ र बालिका ४ जनाले उपचारको लागि नाम दर्ता गराएका छन् ।
जसमा १ सय ६३ जनाले मात्र उपचार गराउँदै आएको छ भने भेदभावको कारण २४ जनाले उपचार लिन अन्तै जाने गरेको अर्का सिरहा जिल्लाको ठूलो नगरपालिका रहेको लहान नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत रत्न दासले बताए । नेपालमा हालसम्म ३१ हजार २० जना यो एचआइभी सङ्क्रमित रहेका छन् । जसमा ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला, बालबालिका ३ दशमलव ५ प्रतिशत सङ्क्रमित रहेको छ ।