उर्लाबारी / बारा र पर्सा जिल्लामा आईतबार राती आएको हावाहुरीका कारण घाईते भएकाहरुको उपचारमा रगतको अभाव भएपछि सोमबार उर्लाबारीमा रक्तदान कार्यक्रम गरिएको छ ।

घाईतेहरुको उपचारमा सहयोग पु¥याउने उदेश्यले युवा रेडक्रस सर्कल उर्लाबारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको थियो । हावाहुरीबाट प्रभावित जिल्लामा रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी उर्लाबारी र यु युथ अफ उर्लाबारीको सहयोग तथा रक्तसञ्चार सेवा केन्द्र उर्लाबारीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको सर्कलका अध्यक्ष सुजीत जैसवालले बताएका छन ।