ताप्लेजुङ / ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं–५ थुकिमामा ट्रयाक्टरको ठक्करले एकजनाको ज्यान गएको छ । दोभान बजारवाट निमार्ण सामग्री लिएर सोही गाउँपालिकाको वडा नं ५ ओरक जाँदै गरेको मे १ त ५८४५ नंम्वरको ट्रयाक्टरले ठक्कर दिदा ३५ वर्षीय आइतवीर चोङ्वाङ लिम्बूको घटनास्थल मै मृत्यु भएको हो ।
घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय दोभानवाट प्रहरी टोली गएको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
स्थानिय त्रिभुवन माध्यमिक विद्यालयका शिक्षक तारा नेपालीका अनुसार सोमवार ट्रयाक्टरवाट ओर्लने क्रममा लिम्बूलाई ठक्कर दिएको थियो ।