भद्रपुर / खेत सम्याउने क्रममा जेसीवीले किचेर सहचालकको ज्यान गएको छ । झापाको मेचीनगर नगरपालिका प्रगतिटोल १४ का १९ बर्षीय बिक्रम राजवंशीको मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
भद्रपुर ३ स्थित भैसावाडीमा बा १ क ५३७६ नम्बरको जेसीवीले स्थानीय दधिलाल राजवंशीको शनिबार साँझ पौन ७ बजे खेत सम्याउदै आइरहेको अवस्थामा तेलको ड्रम उठाउने क्रममा सोही जेसीवीका सहचालक राजवंशीको टाँउको जेसीवी मेशिनमा परेका थियो । उनको घटनास्थलमै मृत्यु भएको वडाका इन्सपेक्टर यमकुमार श्रेष्ठले जानकारी दिए ।
घटनापछि चालक फरार रहेको र उनको पहिचान नखुलेको प्रहरीको भनाइ छ । जेसीवीलाई सीमा प्रहरी चौकीमा राखिएको छ ।