देउराली  । शनिबार समाजिक संञ्जालमा  सशस्त्र प्रहरीको भ्यानले स्कुटरलाई ठक्कर दिएकाे भिडियाे भाइरल बनेकाे छ । 

प्रहरीका अनुसार  पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता  लोकन्द्रबहादुर चन्दको स्कर्टिङमा रहेकाे बा १ झा ९५२७ नम्बरको सशस्त्र प्रहरीको भ्यानले दुई जना सवार एक स्कुटरलाई ठक्कर दिएको बताएकमा छन् ।

भ्यानले ट्राफिक नियम विपरीत उछिन्न लाग्दा स्कुटरलाई पछिल्लो पाङ्ग्राले एक पुरूष र एक महिला सवार  स्कुटरलाई ठक्कर दिएको  भिडियोमा देखिन्छ । भिडियाे सामाजिक संञ्जालमा आएपछि व्यापक आलाेचना भएको छ ।

सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार भ्यानले  शुक्रबार ११ बजे ठक्कर दिएको हो । सुरक्षामा खटिएको भ्यान रोक्न नमिल्ने नियम भएकाले  घटना स्थलमा नराेकेकाे बताएका छन् ।