उदयपुर । उदयपुरको लालपत्ताबाट लागूऔषधसहित एक युवा पक्राउ परेका छन् ।
लालपत्ता चौकीबाट खटेका प्रहरी टोलीले लागूऔषधसहित शुक्रबार त्रियुगा नगरपालिका–१० का ३१ वर्षीय चन्द्रशेखर राईलाई प्रहरीले पक्राउ गरेको हो । त्रिनपा–६ लालपत्ता चौकीबाट खटेका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा राईको साथबाट डाइजेलाब एम्बुल ५ थान, फेनारगगरन एम्पुल ५ थान र नुफिन एम्पुल ५ थान गरि १५ थान एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । राईलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।