उदयपुर / उदयपुरको लालपत्ताबाट लागुऔषधसहित एक युवा पक्राउ परेको छ ।
लालपत्ता चौकीबाट खटेका प्रहरी टोलीले लागुऔषधसहित शुक्रबार त्रियुगा नगरपालिका–१० निबासी ३१ वर्षीय चन्द्रशेखर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
त्रिनपा–६ लालपत्ता चौकीबाट खटेका प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा राईको साथबाट डाईजेलाब एम्बुल ५ थान, फेनारगगरन एम्पुल ५ थान र नुफिन एम्पुल ५ थान गरि १५ थान एम्पुल बराम गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । लागुऔषध सहित पक्राउ परेका राईलाई थप अनुसन्धान भईहरेको प्रहरीले जनाएको छ ।