मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकामा आर्थिक वर्षको फागुन महिनामा क्षयरोगबाट एक जनाको मृत्यु भएको छ । क्षयरोग सङ्क्रमितको सङ्ख्या १५ जना रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

एक महिला र एक पुरुष फोक्सोबाहिरको क्षयरोगको सङ्क्रमित र ८ पुरुष र एक महिला फोक्सोमा सङ्क्रमित भएको कार्यक्रममा जनकारी दिइयो । क्षयरोग निको हुनेको सङ्ख्या दुई जना र ४ उचाररत् रहेका छन् । क्षयरोग लागेर निको भई पुनः क्षयरोग सङ्क्रमित बनेकाका लाई गाउँपालिका स्वास्थ्य शाखाले एकमुष्ट वार्षिक पोषण खानका लागि जनही ४–४ हजार दिने गरेको छ । पुनः क्षयरोग दोहोरिने दुई जना रहेका छन् । यस्तै स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधी खाने क्षयरोगी बिरामीलाई दैनिक स्वास्थ्य शाखाले फलफूल खुवाएर पठाउने गरेको छ ।

आइतबार विश्व क्षयरोग दिवसको अवसर पारेर मिक्लाजुङ गाउँपालिका स्वास्थ्य युनिटको आयोजनामा भएको अन्तक्र्रिया कार्यक्रममा सो जानकारी दिइको हो । कार्यक्रममा क्षयरोगको बारेमा क्षयरोग लाग्ने कारण र यसबाट बच्ने उपायका बारेमा मधुमल्ला स्वास्थ्य चौकीका प्रमुख सञ्जीव कुमरले प्रष्ट पारेका थिए । कार्यक्रम मिक्लाजुङ गाउँपालिकाका स्वस्थ्य सहसंयोजक निराजन पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमाको सभापतित्व स्वाथ्यचौकी व्यवस्थापन समिति अध्यक्ष सोमनाथ अधिकारीको सभापतित्वमा सम्पन्न भएको छ ।