बुटवल /" बिदेसीएर गईन उनि मलाइ छोडेर तर मैले नसम्झेर "भन्दै शनिबार साँझ करिब आठ बजे बुटवलस्थित  बुटवल  मण्डपको नेपालआइस प्रादेशिक संगीत यात्राकोस्टेजमा देखापरे गायक विवेक श्रेष्ठ आफ्नो ब्याण्ड कन्दराका सहकर्मीहरुसंग ।

करिब २२ बर्ष अघि  बुटवलमा कन्सर्ट गर्न आयको सम्झदै    गायक विवेकले यतिको बर्षपछि फेरि आएको छु ,बुटवलबासिको साथ् पाउने आशामा छु भन्दै उनले लगालग तिमिपारि त्यो गाउँमा , डाडापारिको ,  चञ्चले कान्छीको जोवन,भेडी गोठैमा.,चंद्रकोट कि  नानी, कता हिडेकी कुन ठाउँमा,हंगकंगको बजार डूली , तगारोमा रुमाल ,लेककि हे माया र हंगकंग पोखरालगायतका आफ्ना चिरपरिचित गीतहरुसंगै गायक तथा संगीतकार  राम थापालाई समर्पित गर्दै उनको गीत लेकाली हे चोयाको डोको गरि १४वटा गीतहरु डेढ घण्टाको अवधिमा सकाए ।

२२ बर्ष अघिको हिट गीत लेककि हे माया २२ बर्षपछि पनि उत्तिकै मन पराइरहेको उपस्थित दर्शकहरुको कन्दरा ब्याण्डका गीतहरुको तालमा झुमिरहेको बाट स्पष्ट हुन्थ्यो ।

२५ बर्ष अघिबाट पोखराबाट सुरुवात भएको बिषेशत लोक -पप  तथा  मेलोडी गीतहरु  गाउने कन्दरा  ब्याण्डका   प्रत्येक गीतहरुमा  बुटवलका दर्शकहरु  उनीसंगै गाउदै रमाइरहेको  देखिन्थ्यो ।

बुटवल उप- महानगर पालिकाका उप - मेयर श्रीमती गोमा आचार्यले स्टेजको रिबन  काटेर उद्घाटन गर्नु भएको नेपालआइस  प्रादेशिक संगीत यात्राको सुरुवातमा बुटवलकै स्थानीय अमेध ब्याण्ड र नेपाल आइडलमा  टप ५ मा पर्न सफल  बुटवलकै प्रतिभा अमित बरालले आफ्नो प्रस्तुति दिएका थिए ।सिल्भर इन्टरटेनमेन्टको आयोजनामा भएको कार्यक्रम स्थानीय बुटवल युवा परिवारको संयोजनमा भएको थियो ।कार्यक्रमबाट उठेको रकमबाट राजमार्गमा वृक्षारोपणसंगै पुराना खेलाडीहरुलाई सकेको आर्थिक सहयोग गर्ने बुटवल युवा परिवारका भक्त थापाले बताए  ।

सातवटा प्रदेशको मुख्य ७ वटा सहरहरुमा संगीतको माध्यमबाट मनोरंजन दिने अभिप्रायले नेपालआइसको प्रयोजनमा र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा नेपालआइस प्रादेशिक संगीत यात्रा कार्यक्रम आयोजनागरिएको हो र यो कार्यक्रमको सुरुवात प्रदेश न. ५ को प्रमुख सहर बुटवलबाट सुरु गरिएको र अब छिट्टै बाँकि ६ प्रदेशमा पनि कार्यक्रमको आयोजना गरिने सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरभ श्रेष्ठले बताए ।