धरान/ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक जीवनमाथि बनेको फिल्म ‘पिएम नरेन्द्र मोदी’ को ट्रेलर सार्वजनिक भएको छ ।
 
मोदीको भूमिकामा विवेक ओबराय रहेका छन् । फिल्ममा विवेकसँगै, सुरेश ओबराय, बर्खा सेनगुप्ता, प्रशान्त नारायण, दर्शन कुमार, बोमन इरानी, मनोज जोसी, किरण पटेललगायत कलाकारको अभिनय रहेको छ ।
 
उमङ्ग कुमारले निर्देशन गरेको फिल्मलाई सुरेश ओबराय, सन्दीप सिंह र आनन्द पण्डितले संयुक्त रूपमा निर्माण गरेका हुन् । यो फिल्म अप्रिल ५ देखि रिलिज हुँदैछ ।