धरान/ गत पौष १४ गते सम्पन्न नेपाल आइस मिस पूर्वाञ्चल २०१८ की विजेता पूजा श्रेष्ठलाई आयोजकले स्कुटी प्रदान गरेको छ ।
मङ्गलबार वराह कम्प्लेक्समा आयोजित एक कार्यक्रममा उनलाई यामाहा फेसिनो स्कुटी प्रदान गरिएको हो । उनलाई वराह ग्रुप अफ कम्पनीका प्रमुख प्रशासकीय अधिकृत गङ्गा कालीकोटे, वराह ज्वेलरीका इञ्चार्ज सौराज लामिछाने र सिल्भर इण्टरटेन्मेण्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठले यामाहा फेसिनो स्कुटीको चाबी हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा यही चैत्र तेस्रो साताबाट शुरु हुने मिस नेपाल २०१९ को लागि पूजालाई वराह तथा सिल्भर इण्टरटेन्मेण्टले बिदाई तथा शुभकामना प्रदान गरेका छन् ।