धरान /   बैशाखमा आयोजना हुने २५ औं मिस नेपालको लागि प्रतियोगीहरु  छनौट  गर्न आयोजक हिडन ट्रेजरले आगामी चैत्र ५ गते मंगलबार धरानमा  मिस नेपाल २०१९ को अडिसन  गर्ने भएकाे छ । 
प्लस  २ पास युवतीहरुले भाग लिन पाउने मिस नेपाल २०१९ को अडिसन अघि धरान र इटहरीको कलेजहरुमा मिस नेपाल २०१८ सहित कलेज एक्टिभेशन गरिने अायाेजकले बताएकाे छ । चैत्र ४ गते मिस नेपाल तथा सौन्दर्य प्रतियोगिता  र यसबाट लिन सकिने फाइदाको  बारेमा  निशुल्क क्लास समेत दिने हिडन ट्रेजरको निर्देशक प्रमोद कंसाकारले बताए । अडिसन सोहि दिन निशुल्क फारम भरेर दिन सकिनेछ  ।