धरान/ टिभी स्टार करिश्मा शर्मा फ्यानलाई मोहित बनाउन निकै सिपालु छिन् । 
 
‘ये है मोहब्बतेँ’ टिभी सिरियलमा उनलाई फ्यानले निकै नै मन पराएका छन् । टिभी सिरियलमा मात्रै उनको चर्चा हुँदैन । बेला–बेलामा ‘स्टनिङ तस्बिर’ पोष्ट गर्ने गरेकी छन् ।
 
टिभी सिरियलभन्दा बाहिर उनी सामाजिक सञ्जालमा आफ्ना सेक्सी फोटो पोष्ट गर्दै फ्यानलाई तरङ्गित बनाउने गरेकी छन् । जुन तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्ने गरेको छ । पछिल्लो पटक पनि उनको यस्तै सेक्सी फोटो भाइरल बनेको छ । 
 
उनले ‘ये हे मोहब्बतेँ’ मात्रै हैन, ‘पवित्र रिस्ता’, ‘प्यार तुने क्या किया’, ‘लभ बाइ चान्स’ जस्ता सिरियलमा अभिनय गरिसकेकी छन् । टिभी सिरियलबाट उनले अहिले बलिउड उद्योगमा डेब्यु गरेकी छन् । ‘प्यारका पञ्चनामा–२’ मार्फत् बलिउड उद्योगमा प्रवेश गरेकी हुन् । सदैव उनको फिटनेसको पनि चर्चा हुने गरेको छ ।
 
फिटनेसबारे उनी खुलाउँछिन्, ‘म सबैलाई सल्लाह दिन चाहन्छु कि स्वस्थकर खाना र दैनिक शारीरिक व्यायम गर्नुस् । यदि तपाईं शारीरिक व्यायाम गर्न भ्याउनुहुन्न भने योगा उत्कृष्ट अप्सन हुन सक्छ ।’ अधिकांश बलिउडकर्मीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् आफ्ना तस्बिर सार्वजनिक गर्ने गरेका छन् ।