धरान/ प्रियङ्का कार्की र आयुष्मान देशराज जोशीको जोडी बेलाबखत चर्चामा आइरहन्छ ।
नेपाली फिल्म र म्युजिक भिडियोमा राम्रै जमेकी प्रियङ्का र खासै जम्न नसकेका आयुष्मानको जोडी अहिले अलि फुर्सदमा छ । बिदा मनाउन भन्दै इण्डोनेसियाको बाली पुगेको प्रियङ्का–आयुष्मानको जोडीका हट तस्बिरहरू प्रियङ्का आफैले सार्वजनिक गरिरहेकी छन् ।
फिल्ममा सेलाउँदै गएका बेला चर्चाभोगी प्रियङ्का फुर्सदमा हुँदा आफ्ना यस्तै हट तस्बिर सार्वजनिक गरेर चर्चा कमाउँछिन् भन्ने आरोप पनि छ फिल्मजगत्मा ।