इटहरी / सुनसरीको तरहरामा रहेको सहिद स्मृित विद्यालय पुगेका पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड जनवादी गीत ‘ओपेरा’ गाउदा भाबुक भए । जनयुद्धको झ–झल्को आउने गरी विद्यार्थीहरुको प्रस्तुती देख्दा प्रचण्ड भाबुक भए । सँगै बसेकी कृषि राज्य मन्त्री रामकुमारी चौधरीले भने आशु थाम्न सकिनन् । चस्मा खोलेर रुमालले आशु पुछिन् ।

प्रचण्डको आँखा आँसु झरेको देखिएन तर उनी निकै भाबुक थिए । खचाखच स्टेजमा भएका पूर्व माओवादीहरुको आँखा भरी आँसु भयो । कार्यक्रम स्थल एकै छिन भावहिल भयो । जनयुद्ध सम्झदै उनीहरु अधिकांस माओवादीका नेताहरु चुपचाप भए । कार्यक्रममा बोल्दै पुष्पकमल दाहाल प्रचण्डले सहिदको सपना कै लागी आफ्नो लडाई जारी रहेको बताएका थिए । कार्यक्रम स्थल आसपासमा बसेर रमिता हेर्ने पुग्ने गाँउलेहरु समेत भाबुक भएका थिए । IMG_0541 1

माओवादी जनयुद्धका बेला सहिद भएका परिवार पढाउने भन्दै २०६६ सालमा स्थापना भएको यस विद्यालयमा करिब २ करोडको लागतमा भवन निर्माण गरिएको उदघाटन भएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदार गुरागाईले विद्यालयलाई ब्यवस्थित गदै लौजाने बताए । सहिदस्मृति आवासीय उच्चमाविका ४ सय ४७ विद्यार्थीमध्ये ३ सय ३५ जना आवासीय छन । अधिकांश माओवादीसम्बद्ध पीडितका छोराछोरी हुन् । उक्त विद्यालयमा २० शिक्षक र कर्मचारीसमेत आवासीय छन । IMG_0537 1