धरान / भोजपुरको आमचोक गाउँपालिका घर भई सुनसरीमा बसोवास गर्दै आएकाहरुले आमचोकको विकास निर्माण तथा सहयोग आदान प्रदानका लागि आमचोक सरोकार समाज गठन गरेका छन् ।
सोमबार साँझ धरानमा उपलब्द व्यक्तिहरुको भेलाले राजेन्द्र राईको संयोजकत्वमा आमचोक सरोकार समाज, सुनसरी तर्दथ समिति गठन गरेको हो । समितिको उपसंयोजकमा देवराज राई, सचिवमा देबेन्द्र कार्की, सहसचिवमा दिनेश राई, कोषाध्यक्षमा प्रदिप राइ रहेका छन् ।
सम्भव भएसम्म जिल्ला भरी रहेका आमचोकवासीहरुलाई समेटने गरि २१ सदस्य समिति निर्माण गरिएको हो । अन्य सदस्यहरुमा मिलन राई, विश्वराम कार्की, दिपक राई, मणिराम राई, बलराम राई, भविन्द्र राई, कुलबहादुर राई, धनबहादुर राईलगायत रहेका छन् । आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईको उपस्थितिमा गाउँपालिकालाई सहयोग गर्ने उद्देश्यले समाजको निर्माण गरिएको संयोजक राजेन्द्र राईले जानकारी दिए ।
भेलामा गाउँपालिका अध्यक्ष राईले बाँलाङ्खा बजारको मुख्य चोकमा रहेको एतिहासिक पोखरीको उत्खनन गरि संरक्षण गर्न लागिएको बताए । आधुनिक पोखरीसहित पार्क निर्माणका लागि गाउँपालिकाबाट १५ लाख बजेट छुट्याएर काम शुरु गरिएको बताए । पर्यटकीय केन्द्र विन्दु बनाउने उद्देश्यले पोखरीको संरक्षण थालिएको हो । उक्त पोखरी र पार्क निर्माण गर्न २५ लाख आवश्यक परेकाले गाउँपालिकाले आमचोक थातथलो भई देश विदेशमा बस्ने आमचोकवासीलाई सहयोगका लागि अपिलसमेत गरेको छ ।
भेलामा आमचोकमा स्थापना भएको चिया सहकारीमा आमचोकवासी सबैलाई शेयर दिएर आमचोकमा चिया कार्यक्रमम संचालन गर्न लागिएको अध्यक्ष राईले जानकारी दिएका छन् । ८२ लाख रकम विनियोजन गरि गाउँपालिकाल २ सय ५० हेक्टर सार्वजनिक जमिनमा १ लाख २० हजार चियाको विरुवा लगाएको छ ।