धरान /  विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले संस्थासँग सम्बन्धित साहित्यकारहरुको रचना स.कलन गरेर पुस्तक प्रकाशन गर्ने भएको छ । समितिको हिजो बसेको बैठक यस्तो निर्णय गरेको हो ।
आगामी मार्च महिनाको २१ तरिक कविता दिवसको उपलक्ष्यमा विश्व नेपाली साहित्य महासङ्घ म्यान्मार शाखा र नेपाली राजदुतावास म्यान्मारको संयुक्त आयोजनामा नेपाली राजदुतावास म्यान्मारमा हुने वृहत्त कवि गोष्टीमा महासङ्घका केन्द्रीय सदस्य राहुल राई बोगिको मणिपुर भारतलाई केन्द्रीय प्रतिनिधिको रुपमा पठाउने निर्णय समेत भएको महासंघका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले जानकारी दिए ।
साइवरिय प्रविधिमा विश्वका अनेक देशमा रहेका महासङ्घ प्रतिनिधिहरुको संलग्नतामा सम्पन्न बैठकनले गत फल्गुन १५ गते बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाउने पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको ज्यान गएकोमा गहिरो दुःख ब्यक्त गर्दै श्रद्धान्जली समेत व्यक्त गरेको छ ।
महासङ्घका महासचिव डा लेखनाथ काफ्लेले ताइवानबाट बैठक संचालन गरेका थिए ।