सिरहा । सिरहामा अबैध लाँखौ मुल्य बाराबरको काठ जिल्ला प्रहरी कार्यालय सिरहाले बरामद गरेका छन् ।

लहान नगरपालिका वडा नम्बर १८ सोभापुर स्थित स्माईल मियाको घरमा काठ छ, भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी टोली खटि गई स्माईल मियाको गोठमा लुकाई छिपाई राखेको सालको काठ २९ थान, मुरकुटको काठ २ थान, अस्माको काठ ९ थान, सति सालको काठ १ थान, सिसौको काठ ६ थान गरी जम्मा ३० कि.बि काठ बरामद गरी जिल्ला वन कार्यालय लहानमा बुझाएको छ।

निज स्माईल मिया फरार रहेकोमा खोजतलास कार्य जारी रहेको  जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवत्ता एवंम प्रहरी नायव उपरीक्षक (डिएसपी) माधव राज खरेलले बताएका छन् ।

kath2