काठमाडौँ / चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले आज आफ्नो पदबाट राजीनामा दिएकिछन् । पौडेलले बुधबारदेखि लागू हुने गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासमक्ष हिजाे राजीनामा पत्र बुझाएको जानकारी दिए ।
उनले भनिन “मैले बुधबारदेखि लागू हुने गरी राजीनामा दिएकी हुँ ।” पौडेलले आफूले आफ्नो पदबाट राजीनामा दिएको र आगामी दिनमा समाज सेवामा समर्पित हुने बताइन । उनी २०७४ साल मङ्सिर २५ गते बोर्डको अध्यक्षमा नियुक्त भएकि थिइन । पौडेलले पहिलो पटक बक्स अफिस प्रणालीको शुरुआत गरेको र अन्य केही सकारात्मक कामको समेत थालनी गरेको आफ्नो राजीनामापत्र उल्लेख गरेकिछन्र्नुर ।
पछिल्लाे समय रवि लामिछानेसँग विवहा गरे पछि उनकाे अालाेचना हुदै अाएकाे थियाे । उनकाे राजिनामा पनि मागिएकाे थियाे ।