विराटनगर /  पूर्व नेपाल यातायता व्यवसायी कम्पनी विराटनगर मोरङको अध्यक्षमा शिवबहादुर कार्की चयन भएका छन् । विराटनगरमा सोमबार भएको प्रथम साधरण सभाले कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
कम्पनीको वरिष्ठ उपाध्यक्षमा उत्तमबहादुर चौलागाई, महासचिब धर्मदेव साह, सचिब बिनोद रेग्मी, कोषाध्यक्ष लिलाहरी घिमिरे रहेका छन् । त्यस्तै कम्पनीले विभिन्न संयोजक र उपसंयोजक समिति बनाएको छ । कम्पनीको विराटनगर संयोजकमा राजु धमला, मोरङ ग्रामिणको संयोजकमा गोविन्द बहादुर कार्की र उप संयोजकमा जयप्रकाश साह रहेका छन् । त्यस्तै सुनसरी ग्रामिण संयोजकमा रवि तुलाधार, उपसंयोजकमा गोपाल घिमिरे छन् । कम्पनीको अन्य सदस्यहरूमा भरत क्षेत्री, जीवन खनाल, भूपेन्द्र कुमार विष्ट, नविन सुवेदी, सन्तोष पोखरेल, कमल विश्वकर्मा, सुजन सुवेदी, किशोर ताम्रकार, कर्ण पौडेल चन्देश्वर मुखिया रहेका छन् । यस अघि पूर्व नेपाल यातायात व्यवसायी संघ रहेको सो संस्था सरकारकाले सिटिकेट खारेज गरेसँगै कम्पनीमा दर्ता भएको हो ।