धरान / भोजपुरको हतुवागढी गाउँपालिकास्थित हसनपुरबाट घोरेटार जदौँ गरेको गरेको यात्रुबाहक ल्याण्डरोभर आज  दिउसो दुर्घटामा परेको छ । दुर्घटना हुँदा चालकसहित ११ जना घाईते भएको प्ह्रुलिे जनाएको छ । आईतबार दिउँसो घोरेटार बजार यात्रु बोकेर जाँदै गरेको को १ ज ९० नम्बरको जिप खैराङमा ब्रेक फेल हुदाँ २ सय मिटर तल खसेको थियो ।
दुर्घटनामा रामप्रसाद राई गाउँपालिका बासिखोराका मिश्र राई, आमचोक गाउँपालिका देवानटारकी आस्मा राई, रानीबास दितेनीका लंकमान राई, देवानटार बयाङका जितमान राई, बयाङकै कुसुम राई, रानीबास दितेनीका गोपाल बस्नेत, दितेनीकै प्रितम राई, आँमचोक गाउँपालिका २ यूँका सन्तोष चौहान, खैराङका अमर कार्की, होम्ताङका यादव श्रेष्ठ र जिप चालक बराहक्षेत्र १, सुनसरीका जीवन सुवेदी घाईते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी केशव कुमार थेवेले जानकारी दिएका छन् ।
घाईतेमध्ये रानीबास दितेनीका ४६ वर्षिय लंकमान राई, दितेनीकै २५ वर्षिय प्रितम राईको अवस्था गम्भिर रहेको उनले जानकारी दिए । घाईते सबैलाई उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ ।
घाईतेहरुः
१.रामप्रसाद राई गाउँपालिका बासिखोराका मिश्र राई,
२. आमचोक गाउँपालिका देवानटारकी आस्मा राई,
३. रानीबास दितेनीका लंकमान राई,
४. देवानटार बयाङका जितमान राई,
५. बयाङ कुसुम राई,
६.रानीबास दितेनीका गोपाल बस्नेत,
७. दितेनी प्रितम राई,
८.आँमचोक गाउँपालिका २ यूँका सन्तोष चौहान,
९. खैराङका अमर कार्की,
१०. होम्ताङका यादव श्रेष्ठ
११ जिप चालक बराहक्षेत्र १, सुनसरीका जीवन सुवेदी