वराहक्षेत्र / बोनम्यारो रोगले पिडित १३ वर्षीय छोरा प्रेम वहादुर लँई जिवन रक्षा गरिदिन हुन बुबा अमर वहादुर विश्वकर्माले याचना गरेका छन् । वराहक्षेत्र नगरपालिका वडा नम्बर २ मिलन चौकमा भाडामा बसोबास गर्दै आएका आर्थिक रुपले कमजोर अमरले कसैगरी छोराको जिवन जोगाईदिन सबैलँई अनुरोध गरेको बुबा अमर विश्वकर्माले याचना गरेका छन् ।
विगत दुई महिना देखि बोनम्यारोले पिडित छोराको उपचार हाल काठमान्डौको मिनभवन स्थित सिभिल सर्भिस हस्पिटलमा भईरहेको भन्दै उनले उपचारमा १७ लाख लाग्ने बतँए ।
उनले पठाएको इमेलमा ,अस्पतालको तर्फ वाट डाक्टर रुक्मणी साहीको हस्ताक्षर भएको लिखित पत्रमा प्रेम विश्वकर्मालाई एपलास्टीक एनेमिया भएको र रोगको उपचार धेरै महूगो भएको उल्लेख गरिएको छ ।
आफु सूग भएभरको पैसा सकिएको भन्दै उपचारमा चन्दा सहयोग दिएर सहयोगको अनुरोध गरेपछि लंकमान विश्वकर्माको अध्यक्षतामा ,उपाध्यक्ष केशव दर्नाल,सचिव सन्तोष गुप्ता,कोषाध्यक्ष नन्दी प्रसाद भट्टराई, र सदस्यहरु रन्जित लोहनी, पर्शुराम कार्की ढोली र भिम विश्वकर्मा रहेको ७ सदस्यीय , बोनम्यारो पिडित प्रेम वहादुर विश्वकर्मा बचाउ अभियान समिति गठन गरिएको छ । पिडितको उपचारको लागि आवश्यक सहयोग चन्दा उठाउूूदै गरिएको भन्दै प्रेम वहादुर लाई आर्थिक सहयोग गर्न चाहनुुहुने महानुभावले सेन्चरी बैंकको चतरा शाखाको बचत खाता नम्बर ज्ञण्ज्ञण्ण्ण्ण्ण्छद्दऋब् मा सहयोग रकम जम्मा गर्नसकिने अभियानका अध्यक्ष लंकमान विश्वकर्माले ले जानकारी दिए ।
































