विराटनगर / सुरक्षा गार्ड राखेर जुवा खेल्दा खालबाट फरार भएका चर्चित जुवाडे विराटनगर – २ का चुन्नु राठीलाई प्रहरीले पक्राउ गरेको छ ।
राठीलाई आइतबार विराटनगरबाट पक्राउ गरेको हो । मोरङ बुढिगंगा गाउँपालिका १ स्थित व्यापारी चम्पलाल राठीको गोदाम घरमा जुवा खेल्दा राठी कार्तिक २७ गते पैसाँ लिएर फरार भएको उनीमाथि आरोप लागेको थियो । उनीसँगै जुवा खेल्ने अन्य पाँच जना व्यापारी पक्राउ परी जुवा ऐन अन्र्गत जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दयार गरेको थियो । जिप्रकाको आदेश अनुरुप उनीहरू धरौटीमा
छुटेका थिए ।
तर, जुवा खालबाट फरार भएका राठीलाई मोरङ प्रहरीले फरार प्रतिवादी बनाएर जुवा ऐन अन्र्गत मुद्दा चलाएको थियो । प्रहरीले त्यसबेला राठीले बोक्ने मोइवल सेटसमेत बरामद गरेको थियो । त्यस बेला जुवा खालमा प्रहरीले छापा मार्न आएकोे थाहा पाएपछि जुवा खालबाट उनी भने भागेका थिए ।
राठी विराटनगरका चर्चित जुवाडे हुन् । पक्राउ परेका राठीलाई मुलुकी अपराध संहिता ऐन २०७४ बमोजिम म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । प्रहरीको अनुसार त्यस बेला पाँच जना व्यापारीसहित जुवा खालबाट १ लाख ९० हजार १ सय ४० रुपैयाँ बरामद गरेको थियो ।
दुई महिनामा ३९ फरार पक्राउ
त्यस्तै प्रहरीले बिभिन्न अपराधमा संलग्नभई फरार रहेका दुई महिनामा ४९ जनालाई पक्राउ अदालत पेश गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरकिो अनुसार मंसिरमा ३९ र पौष महिनामा १८ गरि जम्मा ४९ जना फरार प्रतिवादिहरुलाई पक्राउ गरि मोरङ जिल्ला अदालतमा पेश गरिएको छ । उनीहरूबाट ५७ वर्ष २ महिना २३ दिन कैद र ११ लाख ६२ हजार ४सय ३५ रुपैया जरिवाना अशुल उपर भएको छ ।