सिराहा । सिराहाको गोलबजार नगरपालिका–४ स्थित नेपाल टेलिकमको टावर नजिकै प्रेसरकुकर बम फेला परेको छ ।

आइतबार बिहानै फेला परेको बमको डिस्पोज गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । गोलबजारदेखि दक्षिण बलकवा जाने बाटोमा पर्ने बस्तीभन्दा ५० मिटर पश्चिम टेलिकमको रिपिटर टावरभन्दा डेढसय मिटरको आसपासमा बम फेला परेको हो । घटनास्थलमा स्वतन्त्र तराई निमाृण सेनाको पर्चा फेला परेको छ । नेपाली सेनाको श्री नयाँ गोरख गणको बम डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ ।

पर्चामा कसैको आधिकारिक हस्ताक्षर नभए पनि उक्त पर्चामा आजाद भन्दै उल्लेख गरिएको मिति उल्लेख नभएको पर्चा फेला परेको हो । पर्चामा औपनिवेशिक शासनविरुद्धको तराई मुक्ति आन्दोलनले पहिलो दशक पूरा गरी दोस्रो दशकमा प्रवेश गरेकाले यो संर्घषलाई निरन्तरता दिनको लागि सहयोगको अपेक्षा गरिएको उल्लेख छ ।