राजविराज/ सप्तरी जिल्ला कारागारमा एक भारतीय नागरिकको मृत्यु भएको छ । नागरिकता किर्ते प्रकाउ परि सप्तरी कारागारमा थुनुवा जिवन विताई रहेका भारतको हरियाणा प्रदेशका ४५ वर्षिय सतीश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको हो ।

मुटुको र सुगरवाट पीडित अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा अग्रवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सुनसरीको दुहबी निवासी अग्रवालले सप्तरी सदरमुकाम राजविराज-१ बाट वंशजका आधारमा नेपाली नागरिकता लिएको उजुरी परेपछि प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । अग्रवाललाई सप्तरी जिल्ला अदालतको आदेश अनुसार गत वैशाख २४ गते पूर्पक्षका लागि थुनामा पठाईएको थियो ।