पाँचथर/  मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । फिदिम–४, गढी बस्ने २१ बर्षीय करन आले मगरलाई फिदिम–१, का सुमन राईको मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरले पुस ५ गते फिदिम बजारको चौतारे लाइनमा पार्किङ गरेर राखेको राईको को ३६ प १५०१ नम्बरको यमाहा कम्पनिको एफजेट मोटरसाइकल चोरी गरेको बताइएको छ ।
राईले पार्किङ गरेको स्थानबाट रातको साँढे नौ बजे मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ । निजलाई फिदिमदेखि फालोट जाने बाटोमा मोटरसाइकलसहित पक्राउ गरिएको हो । उनी माथि चोरी मुद्धा अन्तरगत म्याद थप गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।