पथरी /  मोरङको पथरीशनिश्चरे नगरपालिका–१, स्थित मनकामना सामुदायिक वन क्षेत्रबाट गोलिहानेर मारिएको चित्तल र एक शिकारी प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट एक थान भरुवा बन्दुकुसमेत बरामद गरेको छ ।
बिहिबार दिउँसो पथरीशनिश्चरे –१, बस्ने ३९ बर्षिय प्रकास भनिने रत्नबहादुर धिमाललाई पक्राउ गरेको हो । धिमाललाई चित्तल मारेर पानी तताएर खुईल्याउर्दै गर्दा घटना स्थलबाटै पक्राउ गरिएको थियो । जम्मा छ जनाको संख्यामा रहेको शिकारीहरु प्रहरी आए पछि भागेका थिए । घटना स्थल इलाका प्रहरी कार्यालय पथरी र इलाका वन कार्यालय पथरीको २ किलोमिटर पश्चिम–उत्तरमा रहेको छ । चित्तल मारेर खार्दै गरेको सुराकी इलाका प्रहरी कार्यालयमा आए पछि प्रहरीले घेरा बन्दी हालेको थियो । प्रहरीले घेरा बन्दी लगाए पनि पथरी खोला तरेर जादा सिकारीले थाहा पाए पछि अन्य भाग्न सफल भएको इलाका प्रहरी कार्यालयका इस्पेक्टर कमल बजगाईले जानकारी दिए ।
प्रहरीले घटना स्थलबाट छातीमा गोलीलागेको २ बर्षको लगभग ३० केजीको भाले चित्तल, एक थान भरुवा बन्दुक, छर्रा बारुदहरु, पासो थाप्ने तीन वाईसको तार,खुकुरी बरामद गरेको छ । इलाका वन कार्यालय पथरीका प्रमुख मोइमम अलाउदिनका अनुसार उक्त स्थान अनाकन्टार रहेकाले त्यस स्थानमा ४ वटा वन्यजन्तु मारेर खाईसकेको त्यहाँ छरिएको भुत्लाहरुबाट अनुमान गरिएको बताए ।
प्ररहीले उक्त चितल वन कार्यालयलाई बुझाउने तयारी गरेको छ । घट्नाबारे थप अनुसन्धान थालिएको पू्रहरीले जनाएको छ । भागेका अन्य शिकारी खोज्न प्रहरी परिचालन गरिएको छ ।