पाँचथर /  जिल्लाको फाल्गुनन्द गाउँपालिका–२, इम्बुङका देवेन्द्र शिवाको नाममा जारी भएको किर्ते नागरिकता प्रकरणमा प्रहरीले आठ जनालाई बिपक्षि बनाएर जिल्ला अदालतमा मुद्धा दर्ता गरेको छ ।
प्रहरीले बिपक्षि बनाएकोमा पाँच जना सरकारी कर्मचारी रहेका छन् । प्रहरीले जिल्ला प्रशासन कार्यालयका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी केशव रिजाल, नागरिकता फाँटका कर्मचारी प्रकाश अधिकारी र राजकुमार न्यौपाने, तत्कालीन इम्बुङ गाविसका सचिव सुरेश सुवेदी र प्रकाश ताम्ली रहेका छन् । त्यस्तै किर्ते नागरिकता बनाउने देवेन्द्र र ‘गौरव नेम्बाङ’ नामको किर्ते नागरिकतामा बाबु बनेर सनाखत गर्ने दुर्गाभक्त नेम्बाङलाई प्रहरीले प्रतिवादी बनाएको हो ।
शिवाले अन्तिमपल्ट २०७२ सालमा जात र थर नै फरक पर्ने गरी ‘गौरव नेम्बाङ’ नाममा नागरिकता लिएको खुलेको छ । सोही प्रकरणमा नागरिकता ऐन अन्तर्गत हदैसम्मको कारबाहीको माग गरेर मुद्धा दर्ता गराएको पाँचथर प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नरेन्द्र कुवँरले बताए ।
एक महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका शिवाबारे शंका लागेपछि प्रहरीले घरमा छापा मार्ने क्रममा किर्ते नागरिकता बनाएको रहस्य समेत खुलेको हो । हाल उनी पूर्वपक्षका लागि पाँचथर कारागारमा छन्