धरान / धनुषाको ढल्केवर क्षेत्रको एक उखुबारीमा ७ वर्षीया बालिका माथि बलात्कार भएको छ । सोमबार राती उनी रगताम्य अवस्थामा भेटिएकी थिईन ।
। 

इलाका प्रहरी कार्यालय, ढल्केवरले उनीमाथि बलात्कार भएको आशंकामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय रोशन बस्नेत रहेको ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए ।गणेशमानचाव नाथ नगरपालिका ५ मा  भएकाे हाे ।  बालिका बाेल्न नसक्ने र उनकी आमा आँखा देख्दिनन । बालिकाको धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । रक्तश्राप भईरहेको अवस्थामा उनलाई प्रतिष्ठान ल्याइएको हो । उनकाे सर्जरी गर्नु पर्ने अवस्था रहेकाे  चिकित्सकले जनाएका छन् ।

बस्नेतले विदेशी चकलेट दिने प्रलोभन देखाएर बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको प्रहरीको प्राराम्कि अनुसन्धानबाट खुलुको छ । बस्नेतले माधक पदार्थ सेवन गरेर बालिकालाई अनुचित काम गरेको खुलेको छ ।