धरान  / नेपाल यातायात स्वातनत्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईको जन्मदिनको अवसरमा आज असक्त मजदुर पुन्य प्याकुरेललाई खाद्यन्न तथा लता कपडा वितरण गरिएको छ ।
३ बर्ष अघि दुर्घटनामा परेर कम्वरदेखि मुनी नचल्ने अवस्थामा रहेका प्याकुरेलाई जीविकोपार्जनमा केही सहयोग होस भनेर खाद्यन्न वितरण गरिएको अध्यक्ष राईले बताए ।
संगठनका केन्द्रीय महासचिव नवराज घिमिरे, सुनसरी उद्योग बाणिज्य संघका उपाध्यक्ष गिरीधारी सापकोटा, नेकपाका नगर नेता नारायण सुवेदीलगायतको उपस्थितिमा दालचामल, नुनतेललगायत , कम्वल, नानीहरुको लागि लता कपडा वितरण गरिएको संगठनका प्रदेश कमिटी सचिव लक्ष्मी बाँनियाले जानकारी दिए । अध्यक्ष राई र उनी श्रमती चन्द्रा लावतीको हातबाट सहयोग वितरण गरिएको थियो ।

नेकपा नेताहरूलाइ सम्मान
 नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिले नेपाल कम्युनिष्ट पार्टीको प्रदेश कमिटिमा मनोनित धरानलाई कार्यक्षेत्र बनाएका नेताहरुलाई सम्मान ;d]t u/]sf] 5 ।
नेकपाको एक नं। प्रदेश सदस्यहरु विजय राई, अइन्द्रविक्रम वेघा, राधा गुरुङ, उमिता बराइली, रमेश बस्नेत, मनोजकुमार मेन्याङ्बो, मुक्सामहाङ मेन्याङ्बो र डिवि शाह शंकरलाई फुलमाला तथा सम्मान पत्रले सम्मान गरेको छ । संगठनका धरान उपमहानगर कमिटि अध्यक्ष कमल भट्टराई तथा केन्द्रीय अध्यक्ष भीम ज्वाला राई, महासचिव नवराज घिमिरे लगायतले सम्मान गरेका थिए ।
कार्यक्रममा संगठनका संस्थापक नेताद्वय स्व। छविलाल लम्साल र स्व। महेन्द्र बुढाथोकीको स्मृतिमा छवि–महेन्द्र स्मृति प्रतिष्ठानको नाममा १ करोडको अक्षयकोष स्थापना गर्ने जानकारी दिइएको छ । यसवर्षको तिहारमा देउसी खेलेर कोषमा १ लाख रुपैया जम्मा गरेको चेक समेत हस्तान्तरण गरिएको थियो । संगठनले धरान–१७ निवासी एकल महिला जानुका विकको घर निर्माण सहयोग स्वरुप ५१ सय रुपैया प्रदान गरेको छ । विकको घर निर्माणका लागी धरानका पत्रकारहरु जनकऋषी राई, विकास राई लगायतले देउसी खेलेर रकम संकलन गरेका थिए ।