उदयपुर / उदयपुरको बेलका नगरपालिका नेपाली काँग्रेस नगर सभापति सुशील सेडाईको घरमा १४ वर्षीया बालिका झुण्डिए आत्महत्या गरेकीछन् ।
सभापति घरमा पढ्न तथा काम खघाउन बसेकी बेलका नगरपालिका–४ की राधिका तिमिल्सेना झुण्डिएर आत्म हत्या गरेकी हुन । इलाका प्रहरी कार्यालय रामपुरले शुक्रवार ३ बजेको समयमा सेडाईको घरमा बालिकाको मृत्यु भएको जनाएको छ । घरमा पढ्न बसेकी बालिका कोठामा मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि त्यहाँ पुग्दा झुण्डीएको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक नवीन सिंहका अनुसार बालिकाको शव पोस्टमार्टमको लागि बेल्टार स्वास्थ्य केन्द्रमा लगिएको छ ।

बुबा बेपत्ता र आमा वैदेशिक रोजगारीमा रहेकी राधिका विगत दुई वर्ष देखि सेडाईको घरमा बस्दै आएकी स्थानीय सरद कोईरालाले जानकारी दिए । स्थानीय विद्यालयमा ८ कक्षामा अध्ययनरत वालिकाले आफ्नो हातमा ‘आर आई लभ’ लेखेको पाइएको इन्स्पेक्टर सिंहले जानकारी दिए । आत्महत्याको अन्य कुनै कारण भने खुलेको छैन् ।
मृतककी ठुलो बुबा कुमार तिमिल्सेनाका अनुसार ‘बालिकाको यौनीबाट रगत निस्किए र खुट्टाले भुईँ छोएको अवस्था भेटिएको बताएका छन् । बालिकाको आत्मा हत्या नभएर बलात्कारपछि हत्या हुन सक्ने आशङ्का आफन्तले गरेको छन् ।