ताप्लेजुङ / ताप्लेजुङको फुङलिङ नगरपालिकामा आफ्नै वहिनीलाई बलत्कार गरेका अभियोगमा दाजु पक्राउ परेका छन् । नगरपालिका – १ का १९ वर्षीय युवक आफ्नै बहिनीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । घरमा कोही नभएको अवस्थामा १० वर्षीया बहिनीलाई पटक बलात्कार गरेको अभियोगमा प्रहरीले बुधबार पक्राउ गरेको हो । लामो समयदेखि बहिनीलाई जबरजस्ती गर्दै आएको र अन्तिम पटक गत मंसिर १८ र १९ गते बलात्कार गरेर फरार भएका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक विनोद निरौलाले जानकारी दिए । युवकलाई जिल्ला अदातलबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको निरौलाले बताए ।
बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































